काठमाडौं : महाराष्ट्रको जलगाउँमा बुधबार ठूलो रेल दुर्घटना भएको छ।
भारत महाराष्ट्रको जलगाउँमा बुधबार साँझ भयानक रेल दुर्घटना भएको छ। दुर्घटनामा हालसम्म ११ जनाको मृत्यु भएको छ भने ४० भन्दा धेरै घाइते भएका छन् ।
परधाडे रेलवे स्टेशनमा पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएपछि यात्रुहरूले रेलबाट हाम्फालेका थिए । यस क्रममा अर्को ट्र्याकबाट तीव्र गतिमा आइरहेको कर्नाटक सम्पर्क क्रान्ति एक्सप्रेसको रेलले धेरैलाई किच्न पुग्यो। दुर्घटनापछि त्यहाँ रुवाबासी र कोलाहल मच्चिएको छ ।





