बाँके : बाघको आक्रमणबाट बाँकेमा एक वृद्धा मारिएकी छिन्। बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ सम्शेरगन्जस्थित ओभरीमा रहेको भगवती सामुदायिक वन उपभोक्ता समूहको जंगलमा दाउरा काट्न गएकी स्थानीय ६७ वर्षीया चेती बुढालाई बुधबार दिउँसो बाघले आक्रमण गरी मारेको हो।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार बिहान करिब ११ बजेतिर उनी दाउरा काट्न भन्दै घरबाट निस्केकी थिइन्। घरबाट करिब २ किलोमिटर टाढा रहेको सामुदायिक वन समूहको जंगलभित्र दिउँसो बाघले आक्रमण गरेर उनलाई मारेको प्रहरी निरीक्षक भट्टराईले बताए।





