दोहोरो अंकले घट्यो नेप्से परिसूचक

२०८१ माघ १०, बिहीबार

काठमाडौं : आज सेयर कारोबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ११.१० अंकले घटेर ६५४.३५ बिन्दुमा पुगेर बन्द भएको हो। नेपाल धितोपत्र बोर्डका अनुसार परिसूचक घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ।

बिहीबार ३१८ कम्पनिको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर किनबेच भएको थियो। यसबाट ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार ३२६ रुपैयाँ बराबर कारोबार भएको छ।

बुधबार ५२.३६ अंकले बढेर बन्द भएको सेयर बजारमा ९ अर्ब २० करोड मूल्य बराबरको कारोबार भएको थियो। यसको तुलनामा आज झन्डै २ अर्ब कम कारोबार भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार