नेकपा बहुमतको महासचिवमा बास्तोला निर्वाचित

२०८१ माघ ११, शुक्रबार

काठमाडौँ : नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला निर्वाचित भएका छन्। बिहीबार काठमाडौंमा सम्पन्न पार्टीको नवौं महाधिवेशनले महासचिवमा बास्तोलालाई निर्वाचित गरेको हो।

यस्तै बहुमतले ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। महाधिवेशनमा ८५० प्रतिनिधि सहभागी थिए। महाधिवेशनमा महासचिव बास्तोलाले पेस गरेको राजनीतिक दस्तावेज र संगठनात्मक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ।

गत साउन १ गते नेत्रविविक्रम चन्द नेतृत्वको कम्युनिस्ट पार्टीबाट अलग भएपछि बनेको बहुमतले नवौं महाधिवेशन सम्पन्न गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार