एकीकृत समाजवादीका सात सांसद कांग्रेसमा जान तयार, अध्यादेश ल्याइदिन देउवालाई आग्रह

२०८१ माघ ११, शुक्रबार

काठमाडौं : पार्टीभित्रको विवाद चुलिँदै जाँदा एकीकृत समाजवादीका सात सांसद नेपाली कांग्रेसमा जान तयार भएका छन्। उनीहरुले पार्टी विभाजन गर्न सहज हुने अध्यादेश ल्याइदिन कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रहसमेत गरेका छन्।

बुधबार एकीकृत समाजवादीका सांसद प्रेम आले केही सांसदसहित देउवा निवास बुढानिलकण्ठ पुगेका थिए। सो भेटमा आलेले आफूसँग सात जना सांसद रहेको र उनीहरु कांग्रेसका प्रवेश गर्न तयार रहेको भन्दै त्यसका लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइदिन आग्रह गरेका थिए।

आलेले आफूहरुले अध्यादेशका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाईसमेत भेटेको तर ओलीले देउवालाई देखाएर पन्छिएको भन्दै राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइ दिन आग्रह गरेको स्रोतले जनाएको छ। जवाफमा देउवाले सात जना सांसद कांग्रेसमा आउने विषय सकारात्मक भएको उल्लेख गर्दै अहिले नै अध्यादेश ल्याउँदा विवाद सृजना हुने बताएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
12
+1
0
+1
1
+1
3
+1
2
+1
5

ताजा समाचार