अमेरिकाको एफ-३५ लडाकु विमान अलास्कामा दुर्घटना

२०८१ माघ १६, बुधबार

काठमाडौं : अमेरिकी उन्नत लडाकु विमान एफ३५ मंगलबार अलास्कामा दुर्घटनाग्रस्त भएको छ । विमानका पाइलटले प्यारासुटको सहायताले आफ्नो ज्यान बचाएका छन् ।

अलास्काको इइल्सन एयर फोर्स बेसमा प्रशिक्षणको क्रममा दुर्घटना भएको हो । दुर्घटना नेपाली समय अनुसार बुधबार बिहान ३:३४ मा (स्थानीय समय मंगलबार दिउँसो १२:४९ बजे) भएको हो।

वायुसेनाको ३५४ औं फाइटर विंगका कमाण्डर कर्नेल पल टाउनसेन्डले पत्रकार सम्मेलनमा विमानका पाइलटले उडानका क्रममा विमानमा समस्या आएको बताए । जसका कारण अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।

दुर्घटनापछि पाइलट सकुशल छन् । यो एक सिटर लडाकु विमान थियो, जसमा एक जना पाइलट मात्र थिए।

एफ-३५ लडाकु विमान पाँचौं पुस्ताको विमान हो। यो लकहिड मार्टिन द्वारा निर्मित हो। यो विमानको निर्माण सन् २००६ बाट सुरु भएको थियो । २०१५ देखि यो अमेरिकी वायुसेना को एक महत्वपूर्ण भाग हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार