चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयान दिनका लागि चितवन आइपुगेका छन्। लामिछाने गएराति नै स्थलमार्ग हुँदै चितवन आएका हुन्।
रवि आज बयानका लागि अदालतमा उपस्थित हुने गरि तयारी भएको पार्टीका जिल्ला सभापति कृष्ण भुसालले जानकारी दिए। ‘अदालतमा जानका लागि हामीले तयारी गरिरहेका छौँ। आज जाने नजाने विषय ११ बजेतिर थाहा हुन्छ’ उनले भने।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मंगलबार रविसहित १५ जना व्यक्ति र छ वटा कम्पनीविरुद्ध अदालतमा पुरक अभियोग दायर गरेको थियो। रविविरुद्ध सहकारी ठगीमा मुद्दा परेको छ।





