चितवन अदालतमा थुनछेक बहसका लागि रवि लामिछाने उपस्थित

२०८१ माघ २४, बिहीबार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवन अदालतमा उपस्थित भएका छन्।

सहारा चितवन सहकारी ठगी प्रकरणमा बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे उनी अदालतमा उपस्थित भएका हुन्। बारा जिल्लाबाट आएका न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्सा जिल्लाबाट भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीले क्रमशः बहस हुने क्रम जारी छ। बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना रहेको बताइएको छ।

बुधबार थुनछेक बहस नसकिएको भन्दै न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई हिरासतमा पठाउने आदेश दिएकाे थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार