संखुवासभा : संखुवासभाको चैनपुरमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।
चैनपुर नगरपालिका– ३ मा मोटरसाइकल दुर्घटना हुँदा चैनपुर– २ का मोटरसाइकलचालक २१ वर्षीय रूपेश मगरको मृत्यु भएको र पछाडि सवार रूपेशका भतिज कुमार मगरको धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। प्रहरीका अनुसार गएराति करिब साढे ८ बजे चित्लाङ–पोखरी सडकखण्डअन्तर्गत चित्लाङबाट पोखरी बजारतर्फ आउँदै गरेको प्रदेश १–०२–०४९ प ३३३८ नम्बरको मोटरसाइकल सडकबाट तल खसेको थियो।
मोटरसाइकलमा सवार दुवैजना घाइते भएपछि राति नै धरानस्थित बिपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा क्याम्प लैजाने क्रममा रूपेशको बाटोमा मृत्यु भएको र कुमारको हाल धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।





