हावादारी गफ गर्नेहरूसँग काम गर्नेको तुलना गर्न मिल्दैन : उपप्रधानमन्त्री सिंह

२०८१ माघ २५, शुक्रबार

काठमाडौं : उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन्।

आज काठमाडौं महानगरपालिका वडा नं. २९ को वडा भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। ‘कामम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ ?,’ उनले भने। काम गर्नेहरूको पछाडि होहल्ला गर्नेको नियत बुझ्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘होहल्ला गर्नेको पृष्ठभूमि कसैले नबुझ्ने, विदेशमा कति हजार डलर कमाइरहेको छोडेर आएको भनेर भन्छन्। छोडेर आएको कि केही काण्ड भएर फर्केर आएको हो ? त्यो पनि बुझ्नुपर्‍यो नि।’

उनले राजनीति गर्न चरित्र नचाहिने हो भन्दै प्रश्न पनि गरे। राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूको ठण्डा दिमागले लेखाजोखा गर्न आवश्यक रहेको उपप्रधानमन्त्री सिंहले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार