पाँचथर : पाँचथरमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
सोमबार बिहान ४ बजे जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापुु स्थित गौंथीली भीरमो मे १ त ६८९४ नम्बरको ट्याक्टर दुर्घटनामा परी सोही ट्याक्टरका चालक २७ वर्षीय दिनेश चौहानको घटना स्थलमै निधन भएको पाँचथरका प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीले बताए ।उनका अनुसार ट्रलीबिनाको ट्याक्टर बिहानै तिमतिम्बुदेखि च्याङथापु बजार आउने क्रममा दुर्घटनामा परेको थियो ।
स्थानीयले दुर्घटना भएका थाहा पाउना साथ गएको प्रहरी र स्थानीयले याङवरक १ टिम्बुरे घर भएका २७ वर्षीय चालक चौहानलाई मृत अवस्थामा फेला पारेका थिए । घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी चौकी च्याङथापुबाट गएको टोलीले घटनाको स्थलगत अध्ययन गरी प्रकृति मुचुल्का तयार गरी मृतकलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ ।





