काठमाडौँ : गायिका एलिना चौहाले मंगलबार सामाजिक सञ्जालमा विष्णु सापकोटासँग अलग भएको औपचारिक घोषणा गरिन्। भावुक पोस्टमार्फत उनले यो निर्णयको जानकारी दिएकी थिइन्।
यो खबरपछि अर्की गायिका रचना रिमालले पनि आफ्नो भावुक अभिव्यक्ति सार्वजनिक गरेकी छन्। उनले आफ्नो पोस्टमा एलिनासँगको सम्बन्धको बारेमा लेख्दै, सहयोग र विश्वासको भावना साझा गरेकी हुन्। एलिना र विष्णुको सम्बन्धमा भावनात्मक र विश्वासको महत्व रहेको उल्लेख गर्दै, रचनाले एलिना मनदेखि खुशी रहने आशा व्यक्त गरेकी छिन्।
यसअघि, एलिनाले फेसबुकमा विष्णुसँगको विवाह र त्यसका विभिन्न पक्षहरूको स्मरण गर्दै भावुक स्टाटस पोस्ट गरेकी थिइन्। अब कानुनी रूपमा अलग भएकाे भन्दै उनले विष्णुलाई भविष्यको लागि शुभकामना दिएकी थिइन्।





