भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, ट्रम्पसँग भेटवार्ता गर्ने

२०८१ फाल्गुन १, बिहीबार

काठमाडौँ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली समयाअनुसार बिहीबार बिहान अमेरिका पुगेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार मोदीलाई अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित राष्ट्रपतिको अतिथि गृह ब्लेयर हाउसमा राखिएको छ।

भारतीय मूलका धेरै मानिस प्रधानमन्त्री मोदीलाई स्वागत गर्न ब्लेयर हाउस पुगेका छन्। मोदीले एक्समा लेखेका छन्, ‘यो चिसो मौसममा न्यानो स्वागत! वासिङ्टन डीसीमा यो चिसोको बावजुद भारतीय समुदायले मलाई विशेष स्वागत गरे। म उनीहरूप्रति आभारी छु।’

अमेरिका भ्रमणका क्रममा मोदीले ट्रम्पसँग भेटघाट, द्विपक्षीय वार्ता, पत्रकार सम्मेलन र रात्रिभोज गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार