कक्षा १२ को परीक्षा वैशाख ११ देखि सुरु हुने

२०८१ फाल्गुन १, बिहीबार

काठमाडौं : कक्षा १२ को परीक्षा आउँदो २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको समय तालिका बिहीबार सार्वजनिक गरेको हो ।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ । वैशाख ११ मा सुरु हुने परीक्षा २४ गते सकिने समय तालिकामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार