राप्ती नदीबाट सुरुङमार्फत पर्सा र बारा जिल्लामा पानी आपूर्ति डिजाइनको लागि टेण्डर आह्वान

२०८१ फाल्गुन ३, शनिबार

काठमाडौँ : खानेपनी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले हेटौँडाको राप्ती नदीबाट पर्सा र बारा जिल्लामा पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्ने भएको छ। यसको लागि विभागले परामर्शदाताहरूबाट आसय पत्र (डेण्डर) आह्वान गरेको छ।

खानेपानी मन्त्री प्रदीप यादवको परिकल्पना र पहल अनुसार विभागले पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्न परामर्शदाताहरूलाई एक सूचना प्रकासित गरी डेण्डर आह्वान गरिएको विभागले जनाएको छ।

यसैगरी जलवायु परिवर्तनका कारण नेपालको पानी स्रोतहरूमा गम्भीर असर परेको तथा विशेष गरी तराई क्षेत्रमा भू–जलको सतह घट्दै गएको, मधेस प्रदेशका जिल्लाहरू, विशेष गरी पर्सा र बारामा लामो समयदेखि खानेपानीको समस्याबाट ग्रसित रहेका तथा तराई मधेशका क्षेत्रहरुमा खानेपानीको समस्या उत्पन्न भएकोमा त्यसको सामाधान गर्न यो अध्ययन गर्न लागिएको विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार