डोजरले ढुङ्गा खसाल्दा विद्यालय जाँदै गरेकी बालिकाको मृत्यु

२०८१ फाल्गुन ४, आईतवार

गुल्मी : गुल्मीमा डोजरले खसालेको ढुङ्गाले लागेर विद्यालय जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ ।

इश्मा गाउँपालिका–२ टारगाउँमा जेसीबीले बाटो खन्ने क्रममा खसालेको ढुङ्गाले लागेर ८ वर्षकी विष्णु कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चिरञ्जिवी दाहालले जानकारी दिए । जेसीबीले छल्दीबाट हस्तीचौर जाने कच्ची सडक खनिरहेको थियो । बनिरहेको बाटोको तलपट्टिबाट विद्यालय जाँदै गरेकी बालिका ढुङ्गाले लागेर घाइते भएकी थिइन् । उपचारका लागि गुल्मी अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

स्थानीयले भने जेसीभी चालकको लापरबाहीले बालिकाको मृत्यु भएको आरोप लगाएका छन्। जेसीभी चालक मकवानपुरका राजेश रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनास्थलमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजकुमार थापा नेतृत्वको टोली घटनास्थलमा गएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार