ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८१ फाल्गुन ४, आईतवार

वीरगन्ज : बारामा ट्रकको ठक्करबाट आइतबार एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– २ स्थित शुभलाभ ट्रेडर्स अगाडि ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक उदित नारायण झाको मृत्यु भएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए । पथलैयाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ६ ख २८९५ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ४० प ४१९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको बारा प्रहरीले जनाएको छ ।

यो दुर्घटनामा अर्का एक जना गम्भीर घाइतेसमेत भएको प्रहरी प्रवक्ता सापकोटाले बताए । प्रहरीका अनुसार गम्भीर घाइते भएका जितपुरसिमरा–२ निवासी  उत्पल आचार्यको वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनको दाहिने खुट्टा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले ट्रक चालक धादिङ गजुरी–६ पोखरी खोला बस्ने सन्दीप भुजेल तथा सहचालक सोही ठाउँका सुशील थापालाई पक्राउसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार