बीमा प्राधिकरण अध्यक्षका लागि पाँच जनाको नाम सार्वजनिक

२०८१ फाल्गुन ५, सोमबार

काठमाडौँ : नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका पाँच जनाको नाम सार्वजनिक गरिएको छ।

अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सोमबार एक सूचना जारी गर्दै कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम सार्वजनिक गरेको हो।

आवेदन दिएकाहरूमध्येबाट छनौट गरी उनीहरूको नाम सार्वजनिक गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै प्राधिकरणमा अध्यक्ष पद रिक्त भएपछि सिफारिस समितिले २६ पुसमा १५ दिनको समयावधि राखेर अध्यक्ष पदमा आवेदन माग गरेको थियो।

उनीहरूको प्रस्तुतिकरण र अन्तर्वार्ता अर्थ मन्त्रालयमा फागुन १० गते दिउँसो २ बजे हुने सार्वजिक सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार