तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका- ६ का वडाध्यक्षले वडा सचिवमाथि कुटपिट गरेका छन् ।
वडाध्यक्ष बलबहादुर गुरुङले सोमबार बिहान कार्यालय समयमा वडा सचिव नवीन भुसाललाई कुटपिट गरेका हुन् । वडाध्यक्षले कार्यालय समयमा वडा सचिवलाई कुटपिट गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए । घाटी अठ्याएको र मुक्का प्रहार गरेको वडा सचिवलाई उद्धृत गर्दै प्रशासकीय अधिकृत आचार्यले बताए ।
कुटपिटबाट घाइते भएका सचिव भुसालको बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । थप उपचारका लागि भरतपुर लगिएको प्रशासकीय अधिकृत आचार्यले जानकारी दिए ।





