काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२५ मा छनौट हुनका लागि तोकेको बीमाशुल्क संकलन गरी यस कम्पनीको नेपालभरबाट छनौट भएका १०० जना एमडीआरटी अभिकर्ताहरुलाई भव्य समारोहका बिच सम्मान गरेको हो ।
समारोहमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यासहरु शुरु गरेको र यसबाट अभिकर्ताहरु उत्साही भएको बताए । उनले अभिकर्ता संंजालको व्यवसायिकरणलाई सँधै उच्च स्थानमा राख्दै विविध मासिक र बार्षिक प्रोत्साहन योजना पेश गर्दै आएकोमा आगामी दिनहरुमा पनि कम्पनीले यसमा यथासंभव लगानी गरिरहने जानकारी गराए ।





