दुई विमान ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

२०८१ फाल्गुन ८, बिहीबार

काठमाडौं : अमेरिकामा दुई साना विमान ठोक्किँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटना बुधबार टक्सनको माराना क्षेत्रीय विमानस्थलमा भएको हो।

उद्धार टोलीहरू घटनास्थलमा उपस्थित छन् र राहत कार्य जारी छ। हालसम्म दुर्घटनामा संलग्न विमानको पहिचान र दुर्घटनाको कारण खुल्न सकेको छैन।

संघीय उड्डयन प्रशासन (एफएए) र राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) का टोलीहरू पनि यस विषयमा अनुसन्धान गर्न आइपुगेका छन्। एज‍ेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार