काठमाडौं : फरवार्ड सावित्रा भण्डारी साम्बाको गोलमा घरेलु मैदानमा जारी फोर नेसन्स अन्तराष्ट्रिय च्याम्पियनसिपमा लेबनानविरुद्ध नेपालले अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ जारी रहँदा नेपालले १–० को अग्रता बनाएको हो। खेलको ४२ औँ मिनेटमा साम्बाको गोलमा नेपालले सुरुवाती अग्रता लिएको हो।
विमला चौधरीको कर्नरमा सविता रानामगरको हेडर लेवनानले क्लीयर गरेपनि त्यसकै रिवाउण्डमा साम्बाको प्रहर लेवनानकी फराह टेलरलाई लाग्दै गोलमा परिणत भएको थियो।





