बसको ठक्करबाट १८ महिनाकी बालिकाको मृत्यु

२०८१ फाल्गुन ८, बिहीबार

प्युठान : प्युठानमा बसको ठक्करबाट एक बालिकाकोको मृत्यु भएको छ।

जिल्लाको प्युठान नगरपालिका-८ बाग्दुला चोकस्थित सडकमा बाग्दुलाबाट फोप्लीतर्फ जाँदै गरेको ना ४ ख १३०९ नम्बरको बसको ठक्करबाट पैदलयात्री नौबहिनी गाउँपालिका-७ फोप्ली बस्ने अस्मिता पुन मगरकी छोरी १८ महिनाकी तृसना पुनमगरको बिहीबार दिउँसो मृत्यु भएको छ।ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार