आईसीसी च्याम्पियन्स ट्रफी : अफगानिस्तान दक्षिण अफ्रिकासँग १०७ रनले पराजित

२०८१ फाल्गुन १०, शनिबार

काठमाडौं : आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले हराएको छ ।

३१६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३ ओभर ३ बलमा २०८ रनमै समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० रन बनाए । दक्षिण अफ्रिकाका कागिसो रबडाले तीन, वइन मुल्दार, लुंगि एन्गिडीले समान दुई/दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर तीन सय १५ रन बनाएको थियो ।

अफ्रिकाका ओपनर रायन रिकल्टनले शतक बनाए । एडेन मार्करम र कप्तान टेम्बा बमुभाले अर्धशतक बनाए । अफगानिस्तानका मोहम्मद नाबिले दुई तथा फैजल हक फारुकी, नुर अहमद र अजमतुल्लाह उमरजाईले समान एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार