प्रचण्डकै चकचकका कारण कांग्रेस–एमाले मिल्यौं : गगन थापा

२०८१ फाल्गुन ११, आईतवार

रोल्पा : सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘चकचक’ कै कारण कांग्रेस–एमाले सत्ता सहकार्य भएको बताएका छन् ।

रोल्पाको लिवाङमा आयोजित पार्टीको दोस्रो जिल्ला सम्मेलन तथा सभामा सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् । महामन्त्री थापाले प्रचण्डकै चकचक देखेपछि कांग्रेस र एमालेले मिलेर अहिलेको सरकार बनेको बताए । महामन्त्री थापाले भने, ‘एउटा प्रसङ्गले हामीलाई एकठाउँमा पुर्‍यायो । अब ०८४ सालसम्म हाम्रो तर्फबाट कुनै पनि चकचक हुँदैन, कुनै पनि उपद्रो हुँदैन ।’

उनले कांग्रेसले एमालेसँग गरेको समझदारी अनुसार ०८४ सम्म चल्ने पनि जिकिर गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार