माओवादीले लुटेको धन वित्तीय प्रणालीमा मिसिँदा नेपाल ग्रे लिस्टमा पर्‍यो : राजन भट्टराई

२०८१ फाल्गुन ११, आईतवार

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विज्ञ डा.राजन भट्टराईले माओवादी केन्द्रकै नेतृत्वमा देश सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा परेको दावी गरेका छन् ।

एमाले वागमती प्रदेश इन्चार्ज समेत रहेका नेता भट्टराईले ४ वटा कारण दिँदै देशलाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा पुर्‍याउन माओवादीकै विगतका निर्णय र क्रियाकलापहरु मुख्य कारण रहेको बताएका हुन् । माओवादी सांसद माधव सापकोटाले नेपाल ग्रे लिस्टमा परेको भन्दै प्रधामन्त्रीसहित सरकारले मार्ग प्रशस्त गर्नुपर्ने माग संसदमा राखेलगत्तै एमाले नेता भट्टराईले माओवादीमाथि ४ वटा प्रश्न उठाएका हुन् ।

भट्टराईले माओवादी युद्धकालमा चन्दा,लुटपाट र अपहरणबाट अकुत सम्पत्ति जम्मा भएको र त्यो पैसा वित्तीय प्रणालीमा अस्वच्छ रुपमा मिसिएकाले सम्पत्ति सुद्धिकरणको ग्रे लिस्टमा पर्ने आधार बिगतदेखि नै बनेको बताएका छन् ।

भट्टराईले प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा एफएटीएफले पटकपटक ग्रे लिस्टको चेतावनी दिएको तर उक्त सरकारका बेलामा कानूनी र प्रणालीगत सुधारमा कुनै काम नभएकाले सन् अघिल्लो वर्षकै रिपोर्टका आधारमा नेपाल ग्रे लिस्टमा परेको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
2
+1
0
+1
1
+1
0
+1
4

ताजा समाचार