बाबु–छोरीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ५४ करोड बिगो

२०८१ फाल्गुन १२, सोमबार

काठमाडौं : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हाविरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको छ ।

उनीहरुले राजश्व चुहावट गरेको जनाउँदै झण्डै ५४ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ । राजस्व चुहावट गरेर प्राप्त रकम उनीहरूले बैंकको मुद्दती निक्षेपमा जम्मा गरेको अनुसन्धानबाट खुलेको छ ।

बाबु अशोकलाई ३४ करोड २४ लाख ३१ हजार र छोरी निवेदिकालाई १९ करोड ७३ लाख ९९ हजार बिगो कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार