भ्यानको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु

२०८१ फाल्गुन १३, मंगलवार

धनगढी : कैलालीमा भ्यानको ठक्करबाट बालकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका-१ को लालरत्न अस्पताल अगाडि सोमबार सुपप्र ०१००१ च ३७४७ नम्बरको भ्यानको ठक्करबाट सोही ठाउँ बस्ने ६ वर्षीय बालक जेनिस विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले लम्कीचुहा नगरपालिका-५ की उर्मिला विष्टका ६ वर्षीय छोरा जेनिसको भ्यानको ठक्करबाट मृत्यु भएको बताए । उनकाअनुसार पश्चिमबाट पूर्वतर्फ पैदल हिंडिरहेका बेला भ्यानले ठक्कर दिंदा घाइते भएका विष्टको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो ।

भ्यान र चालक अछामको मंगलसेन नगरपालिका-४ बस्ने २३ वर्षीय भोजराज केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार