भक्तजन सवार गाडी कालीगण्डकीमा खस्यो, एक जनाको घटनास्थलमै मृत्यु

२०८१ फाल्गुन १४, बुधबार

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरबाट भक्तजन सवार इको भ्यान कालीगण्डकी नदीमा खसेको छ। बेनी–जोमसोम–कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरदेखि नारच्याङतर्फ जाँदै गरेको बा ६ च ४९४४ नम्बरको इकोभ्यान कालीगण्डकी नदीमा खसेको हो।

दुर्घटनामा तीन जना घाइते भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ। दुर्घटनामा परी भ्यान चालक अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता)को घटनास्थलमै ज्यान गएको हो।

दुर्घटनाका गम्भीर घाइते रुपा पुन, नमिता चोचाङ्गी र बिष्णुकुमारी बुढाथोकीलाई उपचारका लागि पोखरा अस्पतालमा पठाइएको प्रहरीले जनाएकोछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार