बसबाट यात्रुको ५० हजार पाकेटमारी गर्ने दुईजना पक्राउ

२०८१ फाल्गुन १४, बुधबार

काठमाडौं : काठमाडौंका सार्वजनिक यातायातमा पाकेटमारी गर्ने दुईजना पक्राउ परेका छन्। प्रहरी वृत्त स्वयम्भूले काभ्रेपलाञ्चोक मण्डनदेउपुर– १० घर भएका श्याम तामाङ र काभ्रेपलाञ्चोक बेथानचोक– ६ घर भएका सुमन मगरलाई पक्राउ गरेको हो।

प्रहरी वृत्त स्वयम्भूका डिएसपी उद्धवसिंह भाटका अनुसार उनीहरूले गत सोमबार साँझ कंलकीबाट सार्वजनिक बसमा नयाँबसपार्क जाँदै गरेका धादिङका कृष्णबहादुर तामाङको ५० हजार रुपैयाँ पाकेटमारी गरेका थिए। पाँचजनाको समूह मिलेर त्यसरी पाकेटमारी गरेर फरार भएकोमा सिसिक्यामेराको सहयोगमा पक्राउ गरिएको डिएसपी भाटले बताए। पक्राउ परेकाहरू पेसेवेर पाकेटमार भएको प्रहरीले जनाएको छ।

स्वयम्भू वृत्तले पाकेटमारीको आरोपमा अन्य आठजनालाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार