काठमाडौं : काठमाडौंको तीनकुनेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार युवतीको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका– ३२ तीनकुने मुनिभैरवनजिकै सडकमा प्र.३–०३–००१ प ९७३६ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा बुधबार राति मोटरसाइकलमा सवार ललितपुर लेले घर भएकी २२ वर्षीया रिता नेवारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त बानेश्वरका अनुसार उक्त मोटरसाइकललाई बा.०३–००१ क ११७५ नम्बरको टिपरले ठक्कर दिएकोमा मोटरसाइकल बा.५ ख १५४६ नम्बरको बसमा ठोक्किएको थियो । मोटरसाइकलसहित तीनैवटै सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिए पनि गल्ती टिपरचालकको भएको प्रहरीले जनाएको छ ।
ब्रेक दबाउँदा नलागेकाले मोटरसाइकललाई ठक्कर दिएको टिपरचालकले प्रहरीसँग बताएका छन् ।





