काठमाडौं : सरकारले एकैपटक ७८ सहसचिवको सरुवा गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरुवाको निर्णय गरेको हो। सरुवा सूची भने बिहीबार सार्वजनिक भएको छ।
सरकारले हालै बढुवा भएका सहसचिवको पदस्थापन पनि गरेको छ । सरुवामा सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरे, वाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल तथा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको अन्यत्र सरुवा भएको छ।
गृह मन्त्रालय अन्र्तगत बाँकको प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत खगेन्द्र प्रसाद रिजालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तथा अन्यत्रका १७ जनाको गृहमा सरुवा भएको छ।





