काठमाडौं : मुलुकको राजधानी काठमाडौंसहित पूर्वी नेपाल र पश्चिम नेपालका अधिकांश भूभागमा भूकम्पको धक्का महसुस भएको छ ।
बिहान २ बजेर ५१ मिनेटतिर भूकम्पको कम्पन निकैबेर रहँदा नागरिकहरु आत्तिएर घरबाहिर निस्किए । शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।





