सिन्धुपाल्चोक भूकम्प अपडेट : आत्तिएर भाग्दा कैदीको हात भाँचियो

२०८१ फाल्गुन १६, शुक्रबार

काठमाडाैं : भूकम्पपछि आत्तिएर भाग्ने क्रममा सिन्धुपाल्चोकमा एक जना सामान्य घाइते भएका छन् ।

उनी जिल्ला कारागारका कैदी हुन् । आत्तिएर भाग्ने क्रममा लड्दा उनको हात भाँचिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आज बिहान २ बजेर ५२ मिनेटमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार