बर्दिया : बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।
बर्दियाको ठाकुरबाबा नगरपालिका ३ बगनाहस्थित भुरिगाउँबाट बनकट्टितर्फ जाने क्रममा भे १२ प ११०८ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार ६० वर्षिय दरवारीया थारूको मृत्यु भएको छ । मोटरसाइकल चालक ६० बर्षकै माक्खुराम थारू घाइते भएका छन् ।मोटरसाइकल दुर्घटना पश्चात् घाइते भएका दुवै जनालाई नगर अस्पताल भुरिगाउँ लगिएको थियो । अस्पतालमा चेकजाँच गर्दा मोटरसाइकलमा सवार दरवारीया थारूलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।





