होटलमा भीषण आगलागी हुँदा ४ जनाको मृत्यु

२०८१ फाल्गुन १९, सोमबार

काठमाडौं : बङ्गलादेशको राजधानी ढाकाको एक आवासीय होटलमा सोमबार भएको भीषण आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ ।

छ तले भवनको पहिलो तल्लामा दिउँसो १२ः३१ बजे आगलागी भएको मिडिया सेलका निमित्त प्रवक्ता तल्हा बिन जाशिमले जानकारी दिए । उनले दिउँसो १ः०४ बजेतिर दमकलका धेरै युनिटले आगो नियन्त्रणमा लिएको बताए । अधिकारीका अनुसार होटलका पाहुना र कर्मचारीहरूले भाग्ने प्रयास गरे । “दोस्रो तलाको बाथरूमबाट एकजनाको शव र पाँचौं तलामा छततर्फ जाने सिँढी नजिकै तीनजनाको शव भेटिएको हो ।”

बाक्लो धुवाँको मुस्लो परेपछि अधिकांश पीडितको निसास्सिएर मृत्यु भएको उनले बताए । उद्धारकर्मीहरुले घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरेको हो । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार