हेटौंडा : मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकामा घाँस काट्न गएकी ४९ वर्षीया महिलाको घर नजिकै भिरबाट लडेर मृत्यु भएको छ ।
राक्सिराङ–६ कोलडाँडाकी सिता माया गलानको शव दुई दिनपछि भिरमा भेटिएको हो । १७ फागुन बिहान ९ बजे सिता घरबाट घास काट्न भन्दै हिँडेकोमा फर्किएर नआएपछि आज दिउस २ बजे घरभन्दा १ किलोमिटर पर भिरमा मृत अवस्थामा फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
सिलिङ्गे सामुदायिक वनको भिरबाट खसेकी सिताको शव हेटौंडा अस्पताल राखिएको छ । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको डिएसपी अर्यालले बताए ।





