भूमि अध्यादेश रोक्न सरकार सहमत

२०८१ फाल्गुन २०, मंगलवार

काठमाडौं : सरकारले भूमिसम्बन्धी बाहेक पाँच अध्यादेश बुधबारको प्रतिनिधि सभामा स्वीकृतिका लागि पेस गर्ने भएको छ ।

सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सत्ता साझेदार दलहरूको बीचमा बुधबार बस्ने प्रतिनिधि सभामा भूमिबाहेक पाँच अध्यादेश स्वीकृतिका लागि प्रस्तुत गर्ने सहमति भएको जानकारी दिएका छन् ।

‘भूमिबाहेक बाँकी पाँच अध्यादेश बुधबार (फागुन २१) गतेको प्रतिनिधि सभा बैठकमा स्वीकृतिका लागि प्रस्तुत गर्छौं । सत्ता साझेदार दलहरूबीच यही समझदारी भएको छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसहितको सहमतिमा अध्यादेश प्रस्तुत हुन लागेको हो,’ उनले भने ।

आइतबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा उपेन्द्र यादवसहित सत्तापक्षको छलफल भएको थियो । छलफलमा फागुन २१ गते बस्ने प्रतिनिधि सभाको बैठकमा पाँच अध्यादेश स्वीकृतिका लागि पेस गर्ने सहमति जुटेको हो । राष्ट्रिय सभामा भने फागुन २२ गते स्वीकृतिका लागि पेस हुने मुख्य सचेतक बर्तौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार