काठमाडौं : पार्टी एकता राष्ट्रिय अभियानका संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम तत्काल एमालेमा नफर्किने भएका छन् ।
सरकारले ल्याएका विभिन्न ६ अध्यादेश राष्ट्रियसभाबाट स्वीकृत गराउने कुरामा पनि गौतमले ‘विवेक प्रयोग गर्ने’ भनेका छन् । उनी राष्ट्रपतिद्वारा मनोनीत राष्ट्रियसभा सदस्य पनि हुन् । गौतमले भने, ‘सम्मानजनक एकता गरौं भन्ने मनस्थिति थियो, तर उहाँहरूले समायोजनका नाममा आत्मसमर्पण गर्न बोलाउनुभयो ।’
एमालेको सचिवालय बैठकले गौतमसँग सहकार्य गर्दै अगाडि बढ्ने निर्णय गरेपछि केही चरणमा छलफल भएको उनले बताए । तर, भूमिका र जिम्मेवारीबारे स्पष्ट जवाफ नपाएपछि एकताको सम्भावना टरेको उनले बताए । ‘अहिलेलाई वार्ता टुट्यो’, उनले भने ।





