काठमाडौं : ललितपुरको टिकाथलीमा पानीका लागि खनिएको बोरिङबाट आगोको ज्वाला निस्किएको छ।
बोरिङको लागि पाइप गाडेको ठाउँमा आगोको ज्वाला दन्किएपछि निभाउने प्रयास भइरहेको छ। पानी छ्यापेर आगो निभाउने प्रयास भए पनि आगो निभेको छैन। पाइप गाडेकै ठाउँबाट आगोको ज्वाला निस्किएपछि बोरिङ गर्ने काम पनि रोकिएको छ।
३५० मिटर गहिराइबाट ग्याँस निस्केको र सो ग्याँसबाट आगो बलेको हो ।





