ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८१ फाल्गुन २०, मंगलवार

काठमाडौं : कैलालीको धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मंगलबार धनगढी उपमहानगरपालिका–३ मा से २ त २२७९ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँका ६२ वर्षीय पैदलयात्री प्रकाश केसीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्का अनुसार ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका केसीको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

३१ वर्षीय ट्याक्टर चालक दिनेश रानालाई पक्राउ गरिएको प्रहरी निरीक्षक खड्काले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार