चैत १८ देखि ‘पोखरा–ल्हासा उडान’, चिनियाँ पर्यटक भित्रिने आशा

२०८१ फाल्गुन २०, मंगलवार

काठमाडौँ : पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सञ्चालन गर्ने भएको छ। एयरलाइन्सले आगामी चैत १८ देखि पोखराबाट ल्हासा उडान सुरु गर्ने जनाएको हो। सो उडान हुने घोषणासँगै यहाँका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

पोखरालाई अन्तरराष्ट्रियस्तरमा थप परिचित गराउने उद्देश्यसहित सुरु गरिने यो उडानले चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष बितिसक्दा पनि व्यावसायिक उडानले निरन्तरता पाउन सकेको छैन। यस्तो अवस्थामा हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सञ्चालन गर्दा चिनियाँ पर्यटक भित्रिने आशा जागेको व्यवसायीहरुको प्रतिक्रिया छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार