पाँच अध्यादेश अघि बढ्ने भएपछि कांग्रेस–एमालेले लगाए सांसदलाई ह्विप

२०८१ फाल्गुन २०, मंगलवार

काठमाडौँ : बुधवार बस्ने संघीय संसदका बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि निर्णयार्थ पेस हुने भएपछि नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ। दुवै पार्टीले संसदीय दलबाट आफ्ना सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन र अध्यादेशका पक्षमा मत जाहेर गर्न ह्विप जारी गरेका हुन्।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले मङ्गलवार सबै सांसदहरूलाई मोबाइल फोनमा म्यासेज(सन्देश) पठाएर बैठकमा उपस्थित हुन निर्देशन गरेका छन्। जसमा फागुन २१ गते दिउँसो १ बजेबाट बस्ने प्रतिनिधिसभा बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले अनिवार्य उपस्थित भई अन्तिमसम्म बस्न ह्विप लगाइएको भनिएको छ।

यस्तै मङ्गलवार नै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि सबै सांसदलाई बैठकमा उपस्थित हुन ह्विप जारी गरेका छन्। बर्तौलाद्वारा जारी ह्विपमा ‘प्रतिनिधि सभाको बैठकमा अध्यादेशलाई निर्णयार्थ पेस गर्ने भएकाले अनिवार्य उपस्थितिको लागि अनुरोध छ’ भनिएको छ।

सरकारले संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि ६ वटा अध्यादेश जारी गरेको थियो। माघ १८ गते हिउँदे अधिवेशन सुरु हुँदा सरकारले सदन सुरु ६ वटै अध्यादेश संसद्मा पेस गरेको थियो। तर राष्ट्रिय सभामा अध्यादेशका पक्षमा बहुमत नजुट्ने स्थिति देखिएपछि हालसम्म अघि बढ्न सकेका थिएनन्। सरकारलाई समर्थन दिइरहेका दलहरू जसपा नेपाल र लोसपाले भूमि सम्बन्धी अध्यादेशमा फरक मत राखेसँगै बहुमत नजुट्ने अवस्था देखिएको हो।

अहिले भूमि अध्यादेश रोकेर बाँकी ५ वटा अध्यादेश स्वीकृत गर्ने भन्ने सहमति जुटेपछि ती अध्यादेश स्वीकृतिका लागि बुधवार पेस गर्ने सरकारको तयारी छ। भूमि सम्बन्धी अध्यादेश भनेर सरकारले प्रतिस्थापन विधेयक ल्याएर फिर्ता लिने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार