राप्रपा परित्याग गरेकी अञ्जना शाह कमल थापाको पार्टीमा प्रवेश

२०८१ फाल्गुन २१, बुधबार

काठमाडौँ : राप्रपा परित्याग गरेकी अञ्जना शाह कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेकी छन् । उनले केही समयअघि राप्रपाको महिला संगठनको अध्यक्ष पदबाट राजीनामा दिएकी थिइन् ।

बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी कार्यालय सिफलमा आयोजित कार्यक्रममा शाहलाई स्वागत गरे । थापाले सबै राजावादी , हिन्दुवादी र सङ्घीयता विरोधी एक ठाउँमा आएर भ्रष्ट व्यवस्था र शासकको विकल्प खोज्न सडकमा आउनु पर्नेमा जोड दिए । दलहरूकै असक्षमता र असफलताको कारण अब सङ्घीय, धर्मनिरपेक्ष , गणतन्त्रको आयु सकिएको र धराशायी भएको उनको टिप्पणी थियो ।

शाहले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डाको सूत्रधार कमल थापा भएकाले उनलाई नै साथ दिन आफू पार्टीमा आएको बताइन् । शाहलाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको पार्टी केन्द्रीय सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार