बन्चरो प्रहार गरी ६६ वर्षीया महिलाको हत्या

२०८१ फाल्गुन २१, बुधबार

काठमाडौं : बन्चरो प्रहार गरी महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका–९ का ३० वर्षीय शिव शंकर भनिने शंकर कुमाल छन् । उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो । उनले व्यास–९ कुमालगाउँका ६६ वर्षीया बिष्णुमाया कुमालको हत्या गरेको तनहुँका सूचना अधिकारी राजु अधिकारीले बताए ।

बुधबार बिहान साढे ७ बजेतिर विष्णुमाया आफ्नै घरमा मृत भेटिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार