राजाको पालामा खाइ पल्केकाहरुले राजा चाहेका हुन् : शंकर पोखरेल

२०८१ फाल्गुन २२, बिहीबार

बागलुङ : एमालेका महासचिव शंकर पोखरेलले राजा आउ, देश बचाउ भन्ने भ्रमको खेती भएको बताएका छन् । नागरिकलाई भ्रममा पार्नेहरुले यो नारा ल्याएको पनि उनको भनाइ छ ।

एमाले बागलुङको जिल्लास्तरीय कार्यकर्ता भेलाको उद्घाटन गर्न बिहीबार आएका पोखरेलले इतिहास नपढेकाहरुले राजाको गुणगान गाएको बताए । ‘राजाको पालामा खाइ पल्केकाहरु र इतिहासबारे थाहै नभएकाहरुले राजा चाहेका हुन्’ पोखरेलले भने, ‘निरंकुशता बुझेकाहरुले यसो भन्दैनन् ।’ उनले भ्रमको खेती धेरै नटिक्ने पनि टिप्पणी गरे ।

उनले माओवादीको पनि आलोचना गरेका छन् । सत्ताबाट बाहिरिएको माओवादीले एमाले र कांग्रेसको विरोध गरेको बताए । साथै राम्रा काम भएकोलाई पनि राम्रो भन्न नसकेको उनको टिप्प्णी थियो । ‘पटकपटक गठबन्धन फेरिने र प्रधानमन्त्रीले विश्वासको मत लिइरहनुपर्ने बाध्यता हटाउन एमाले-कांग्रेस मिलेका हौं,’ उनले भने, ‘यो स्थायित्वका लागि हो ।’

उनले देशमा स्थायित्व हुँदा माओवादीलाई टाउको दुखेको पनि टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार