विकास निर्माणका कार्यमा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन्ः वामदेव गौतम

२०८१ फाल्गुन २३, शुक्रबार

काठमाडौँ : राष्ट्रिय सभा सदस्य वामदेव गौतमले विकास निर्माणका काममा कुनैपनि शासकले ख्याल नगरेको आरोप लगाएका छन्। शुक्रबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उहाँले यस्तो आरोप लगाएका हुन्।

उनले नेपाल भूकम्पीय जोखिमको केन्द्रमा रहेको बताए। उनले नेपालमा हरेक २४ घण्टामा जाने कुनै न कुनै प्रकारका भूकम्पले भौतिक तथा मानवीय क्षति हुने गरेको जिकिर गरे। उनले नदी किनार तथा पहाडको फेदीबाट निर्माण भएका सडकमा भूकम्पकै कारण क्षति हुने गरेको र हजार्रौ सर्वसाधारण प्रभावित हुने गरेको बताए।

उनले भने, ‘नेपाल भूकम्पको केन्द्र भागमा रहेको छ । नेपालमा हरेक २४ घण्टामा कुनै न कुनै भूकम्पीय धक्का प्रकट हुने गरेको छ । उपरोक्त अवस्थालाई खास गरी विकास र निर्माणको कामलाई अगाडि बढाउँदा नेपालले कुनै प्रकारको नजरअन्दाज गर्न मिल्दैन । तर नेपालको यो भूगर्भिक संवेदनशिलतालाई आज र अगाडिका कुनैपनि शासकले ख्याल गरेनन्, वास्ता गरेनन् । नेपालका उत्तर दक्षिण र पूर्व–पश्चिममा जाने सडकहरु नदी किनारको भूभागमा बनाइएको छ । यसरी सडक बनाउँदा निरन्तर भूकम्पीय धक्काले जम्न नपाएको माटो र गिट्टी सहितको पहाडका पाखोलाई काटिएका छन् । भूकम्पीय धक्काले यस्ता ठाउँमा पहिरो जान्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार