विराटनगर : नेकपा एमाले मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् । १०औँ जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनबाट इतर समूहको प्यानल नै विजयी भएको छ । राईले ४ सय ४६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ओझाले ४ सय ७ मत प्राप्त गरेका छन् ।
एमाले मोरङको पार्टी कार्यालयमा शुक्रबार साँझ सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, सहसचिवमा सन्तोष वान्तवा र महिला सहसचिवमा उषा झा विजयी भएका छन् । निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी छ । उपाध्यक्षमा सागर थापा ४ सय २२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शान्ति लिम्बू भूजेलले ३ सय ९१ मत प्राप्त गरिन् । थापा भण्डारी पक्षको प्यानलमा थिए भने भूजेल ओली पक्षीय प्यानमा थिइन् ।
सचिवमा सोमराज थापा निर्वाचित भएका छन् । उनले ४ सय ६२ मत प्राप्त गर्दा प्रतिस्पर्धी रविन थापाले ३ सय ६८ मत प्राप्त गरिन् । उपसचिवमा सन्तोष वान्तवा र उषा झा निर्वाचित भएका छन् । वान्तवाले ४ सय ९० र झाले ४ सय १८ मत प्राप्त गरिन् ।





