सुनको मूल्यमा २१०० ले वृद्धि

२०८१ फाल्गुन २४, शनिबार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १ लाख ६८ हजार १ सय रूपैयाँ कायम भएकोमा सोमबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहि १ लाख ६८ हजार १ सय रूपैयाँमानै कारोबार भयो।

मंगलबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले बढेर १ लाख ६९ हजार ५ सय रूपैयाँ कायम भएको थियो त्यसैगरी बुधबार छापावाल सुनको मूल्य फेरि ९ सय रूपैयाँले बढेर १ लाख ७० हजार ४ सय रूपैयाँ कायम भएको थियो। फेरि बिहीबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेर १ लाख ७० हजार ७ सय रूपैयाँ कायम भयो।

शुक्रबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले घटेर १ लाख ७० हजार २ सय रूपैयाँ कायम भएको छ। यो साता सुनको मूल्य समग्रमा २१०० रुपैयाँले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
1
+1
0
+1
1
+1
1

ताजा समाचार