काठमाडौं : नवलपुरको कावासोती १४ गोरसदीमा घरको पिढीमा बसेर खाना खाइरहेका ६४ वर्षीय मानबहादुर कार्कीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बिहान साढे १० बजेतिर तल्लो डण्डास्थित भित्री सडकखण्डमा डण्डा–कोल्हुवातर्फ जाँदै गरेको लु १८ प ७४ नम्बरको मोटरसाईकलले मान बाहदुर कार्कीलाई ठक्कर दिएको हो । आफ्नै घर अगाडिको पिँढिमा बसी खाना खाइरहेको अवस्थामा ठक्कर दिँदा घाईते भई उपचारका लागि प्रादेशिक अस्पताल डण्डा पठाइएकोमा स्वास्थ्यकर्मीले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा परी मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका ३ निवासी १८ वर्षीय सुमन महतो घाइते भएका छन् । उनको अवस्था पनि गम्भीर छ । घाइतेको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ ।





